पार्टीको आधिकारिकताका लागि आयोगमा निवेदन दिने जसपाको यादव पक्षको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि आयोगमा निवेदन दिने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए ।

दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निस्कासन गरेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो । यसअघि कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि निर्वाचन आयोग जान यादवलाई सुझाव दिएका थिए ।

जसपामा यादव पक्ष र महन्थ ठाकुर दुई पक्ष छ । ठाकुर पक्ष सत्तामा गएको छ भने यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै विपक्षी गठबन्धनसँगै आन्दोलनमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *