सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकका बाढीप्रभावितका लागि २ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । बिहीबार आगामी आर्थिक वर्षका लागि महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढी प्रभावितको राहत तथा उद्धारका लागि दुई करोड रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

उनले हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको तर यतिखेर त्यो क्षेत्र बाढीपहिरोका कारण तहसनहस भएकाले महानगरले महानगरले आफ्नो दायित्व सम्झेर यस किसिमको सहयोग गर्न लागेको बताए ।

अविरल वर्षाका कारण मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका बस्तीहरू डुबानमा पर्दा कैयौं मानिस विस्थापित भएका छन्। बाढीले सडक, पुललगायत पूर्वाधारमा पनि क्षति पुर्याएको छ। मेलम्ची नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *