महेन्द्रनगरमा नगदसहित पाँच जुवाडे पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नम्बर गल्लीबाट प्रहरीले गएराति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट ४६ हजार २०७ नगद रकम बरामद भएको छ । विशेष सूचनाका आधारमा प्रहरीले विनोद गुप्ताको घरमा जुवातास खेलिरहेको जानकारी पाएपछि खानतलासी गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *