बलात्कारका फरार अभियुक्त पक्राउ

कञ्चनपुर । करणीका फरार प्रतिवादी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई करणी गरी खुना बिहीबार फरार भएका थिए ।

खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । सोही घटनामा संलग्न अर्का धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *