थप १६९४ जनामा कोरोना संक्रमण, ४६ को मृत्यु, ३९९४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५१७ को पीसीआर परीक्षण गर्दा १६९४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ४८८९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । ५४८ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ६८९५५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *