आज नेपाल र जोर्डन भिड्दै

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ को छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र जोर्डन भिड्दैछन् । कुवेतस्थित जाबेर अल अहमेद अन्तराष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपालको विश्वकप छनोटको अर्को चरण प्रवेश गर्ने गणितीय सम्भावना रहेको छ भने जोर्डनको समुहको दोस्रो स्थानमा रहँदै छनोटको अर्को चरण प्रवेश गर्ने राम्रो अवसर रहेको छ । त्यसको लागि आजको खेलमा जित आवश्यक छ ।

पछिल्लो खेलमा जोर्डनलाई २-० गोलले हराएको नेपाल ६ खेलबाट ६ अङ्क जोड्दै समुहको चौथो स्थानमा छ । आजको खेल जितेको खण्डमा नेपालको एसिया कप छनोटको अर्को चरण पुग्ने बलियो सम्भावना रहनेछ । टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डन बलियो टिम भएपनि जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिने बताएका छन् ।

नेपाललाई आजको खेलमा जोर्डनमाथि बदला लिने अवसरपनि रहेको छ । छनोटको चौथो खेलमा जोर्डनले नेपाललाई ३-० गोलले पराजित गरेको थियो । त्यसैले नेपाल आजको खेलमा बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । फिफा वरियतामा नेपाल १ सय ७१ औं स्थानमा छ भने जोर्डन ९५ औं स्थानमा छ ।

यता जोर्डनपनि आजको खेल जित्दै समुहको दोस्रो स्थानमा उक्लिन चाहन्छ । हाल जोर्डन ५ खेलबाट १० अङ्क जोड्दै समुहको तेस्रो स्थानमा छ । ६ खेलबाट समान १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । अपराजित अष्ट्रेलिया शिर्ष स्थानना रहने लगभग पक्का भैसकेको छ ।

हेड टु हेड

हालसम्म नेपाल र जोर्डन ३ पटक आमनेसामने भएका छन् । त्यसमध्य २ खेल जोर्डनले जितेको छ भने १ खेल बराबरीमा सकिएको छ । २०११ मा विश्वकप छनोट अन्तर्गत भएको पहिलो लेगमा ९-० गोलको फराकिलो हार बेहोरेको नेपालले घरेलु मैदानमा उहीँ टोलीलाई १-१ गोलको बराबरीमा रोकेको थियो । यस्तै २०१९ मा भएको विश्वकप छनोट खेलमापनि नेपाल ३-० गोलले पराजित भएको थियो । त्यसैले नेपाल आजको खेलमा जोर्डनमाथि पहिलो जितको खोजीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *