प्रज्जवल थापा । युरोकप-२०२० को तयारीमा रहेका जर्मनी र डेनमार्कले बराबरी खेलेका छन् । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र डेनमार्कसँग १-१ गोलको बराबरी खेलेका हुन् ।
टिभोली स्टाडियोनमा भएको खेलमा जर्मनीको लागि फ्लोरियन नेउहाउस र डेनमार्कको लागि युसेफ पोउल्सेनले एक/एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य भयो । ४८ औं मिनेटमा फ्लोरियनले गोल गर्दै जर्मनीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
७१ औं मिनेटमा युसेफले गोल गर्दै डेनमार्कलाई बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको हो । युरोकपको समुह चरणमा डेनमार्क समुह ‘बी’ मा रहेको छ भने जर्मनी समूह ‘एफ’ मा छ ।