सेती प्रादेशिक अस्पतालमा पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ सङ्क्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएको छ ।

कोरोना सङक्रमण मुक्त भएकाका लागि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएकाले फलोअप जाँचका लागि अस्पतालमा आई सेवा लिन हुन सम्बन्धित सबैको जानकारीका लागि सूचनामार्फत अनुरोध गरिएको अस्पतालका मेसु डा हेमराज पाण्डेयले जानकारी दिए । ओपिडी सेवा शनिबार बाहेक बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *