मोरङमा कोरोना संक्रमणबाट एकैदिन १० जनाको मृत्यु

विराटनगर । मोरङ जिल्लामा कोरोना सङ्क्रमबाट बिहीबार एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुष र चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *