प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउनु शुभसंकेत होइनः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाएर विदेशी दूतले भेट्नु शुभसंकेत नभएको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत भट्टराईले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोककतन्त्रका लागि शुभसंकेत नभएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार÷हल्ला लोकतन्त्रका लागि शुभसंकेत हैनन् ! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् !’ सोमबार मध्यराति प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराबीच भेटवार्ता भएको समाचार सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *