USAID

थप ७२२० जनामा कोरोना संक्रमण, १८५ को मृत्यु, ७१३५ जना संक्रमणमुक्त


काठमाडौँ । नेपालमा थप ७२२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८४६ जनामा पीसीआर परीक्षण गर्दा ७२२० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७१३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५३१ पुगेको छ । आइसोलेसनमा १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा ९२४ जना रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *