संसद विघटनविरुद्ध रिट दर्ताका लागि विपक्षी गठबन्धन सर्वोच्च अदालतमा

काठमाडौं । संसद विघटनबिरुद्ध विपक्षी गठबन्धन रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् । राष्ट्रपतिले धारा ७६(५) को सरकार गठनका लागि आह्वान गरेपछि उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १ सय ४९ सांसदको बहुमत हस्ताक्षरसहित दावी गरेका थिए ।

तर, राष्ट्रपतिले जेठ ७ मा राति दाबी नपुग्ने भनेपछि सरकारको सिफारिसमा उनले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । रिटमा संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको वैधानिकता समाप्त भएको जिकिर गरेका छन् । उनीहरुले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *