USAID

युभेन्टस च्याम्पियन्स लिगको लागि छनोट


प्रज्जवल थापा । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको लागि छनोट भएको छ । गएराति भएको खेलमा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्टसले बोलोग्नालाई ४-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको लागि छनोट भएको हो ।

नेपोलीले हेल्लास भेरोनासँग १-१ गोलको बराबरी खेल्दै पाँचौ स्थानमा झर्दा युभेन्टस ३८ खेलबाट ७८ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको हो । बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन अल्भारो मोराटाले दुई गोल गर्दा फेडेरिको चिएसा र एड्रिन राबियोटले एक/एक गोल गरे । बोलोग्नाको लागि रिकार्डो ओर्सोलिनीले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा चिएसाले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा डिबालाको पासमा मोराटाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ४५ औं मिनेटमा कुलुसेभस्कीको पासमा राबियोटले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा गोलरक्षक सेजेस्नीको पासमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टस खेलमा ४-० गोलले अगाडि बढेको थियो । ८५ औं मिनेटमा पालासियोको पासमा ओर्सोलिनीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा युभेन्टस ४-१ गोलले विजयी भएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *