USAID

इटलीमा केबल कार दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु


उत्तरी इटलीस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो ।

अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन् । इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्याइएको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *