थप ७९१४ जनामा कोरोना संक्रमण, १९३ को मृत्यु, ७६६४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशाला गरिएको परीक्षणमा थप ७९१४ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर परीक्षणमा ७५९८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा ८७३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *