USAID

विपक्षी गठबन्धन संसद विघटनविरुद्ध रिट दर्ताका लागि सोमबार सर्वोच्च जाने


काठमाडौँ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी पाँच दलीय गठबन्धन सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत जाने भएको छ । आजै सर्वोच्च जाने तयारी भएपनि सबै कागजात मिलिनसकेकाले  सोमबार मात्रै जाने निर्णय भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् । रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिट साँझसम्म तयार हुने र सोमबार दर्ताका लागि सर्वोच्च जाने जानकारी दिए । उनले आज कागजपत्र मिलाउन समय लागेकाले सोमबार दश बजेनै अदालत जाने बताए ।

उनले मुद्दा दर्ताका लागि केही सांसद थप भएका समेत बताएका छन् । त्यसैगरी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रक्रियाका लागि आज समय लागेकाले भोलि रिट दर्ता गरिने बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *