संसद विघटनविरुद्ध प्रतिरोधमा उत्रिन पाँच विद्यार्थी संगठनको आह्वान

काठमाडौं । पाँच विद्यार्थी संगठनले प्रतिनिधिसभाको विघटन निरंकुश र अधिनायकवादी कदम भएको बताएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले आइतबार संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधि सभा विघटनको विरोध जनाएका हुन् ।

विज्ञप्तिमा संसद् विघटनले संविधानमाथि प्रहार भएको र सरकार स्वेच्छाचारी बनेको उल्लेख गरिएको छ । संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिंदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको विघटनले वर्तमान सरकार असफल भएको प्रमाणित भएको विद्यार्थी संगठनहरूको ठहर छ ।

कोरोना महामारीको समयमा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठ भएको विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *