USAID

मेस्सीले जिते आठौं पिचिची अवार्ड


प्रज्जवल थापा । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सार्वधिक आठौं पटक पिचिची अवार्ड जितेका छन् । यस सिजन बार्सिलोनाले तेस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेपनि मेस्सीले ३० गोल गर्दै आठौं पिचिची अवार्ड जितेका हुन् ।

मेस्सीले रियल म्याड्रिडका करिम बेन्जिमा र भिल्लारियलका जेराड मोरिनो(२३)लाई पछि पर्दै लगातार पाँचौ पटक पिचिची अवार्ड जितेका हुन् । मेस्सीले शनिबार भएको लिगको अन्तिम खेल नखेलेपनि ३५ खेलमा ३० गोल गरेका थिए ।

यससँगै मेस्सी ला लिगाको इतिहासमा लगातार पाँचौ वर्ष पिचिची अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि अल्फ्रेडो डि स्टेफेनो र हुगो सान्चेसले लागातार चार पटक उक्त अवार्ड जितेका थिए । यस्तै मेस्सी सार्वधिक पिचिची अवार्ड जित्ने खेलाडीपनि बनेका छन् । यसअघि टेल्मो जारोले सातौं पटक पिचिची जितेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *