USAID

उपाधिको आशामा रियल म्याड्रिड


प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको अन्तिम खेलमा आज रियल म्याड्रिडले भिल्लारियलको सामना गर्दैछ । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

रियल म्याड्रिडलाई आज लिगको उपाधि जित्ने अवसरपनि रहेको छ । त्यसको लागि आजको खेलमा रियलले भिल्लारियललाई पराजित गर्नुपर्नेछ र शिर्ष स्थानको एथ्लेटिको म्याड्रिडले रियल भाल्लाडोलिडसँग अङ्क गुमाउनु पर्नेछ । अन्यथा एथ्लेटिकोले उपाधि जित्नेछ ।

हाल रियल म्याड्रिड ३७ खेलबाट ८१ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । समान खेलबाट ८३ अङ्क जोडेको एथ्लेटिको शिर्ष स्थानमा छ । रियल म्याड्रिडले आफ्नो पछिल्लो ५ खेलमा ३ जित, १ बराबर र १ हारको नतिजा निकालेको छ ।

यता भिल्लारियलपनि आजको खेल जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । हाल भिल्लारियल ३७ खेलबाट ५८ अङ्क जिड्दै सातौं स्थानमा छ । भिल्लारियलले मे २७ मा युरोपा लिगको उपाधिको लागि इङलिस क्लब म्यान्चेस्टर सिटीको सामना गर्दैछ । भिल्लारियलले आफ्नो पछिल्लो ५ खेल मध्य ३ खेल जितेको छ ।

रियल म्याड्रिड र भिल्लारियलबिच भएको पछिल्लो १९ भेटमा रियल म्याड्रिडले ९ खेल जित्दा भिल्लारियलले २ खेल जितेको छ । भिल्लारियलले २०१८ देखि म्याड्रिडलाई हराउन सकेको छैन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *