यो संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च होः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मध्यावधि निर्वाचन घोषणा लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् ।

संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रतिक्रिया दिँदै भट्टराईले यो कदमको प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होउँ;प्रतिवाद गरौं!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *