USAID

जसपाको ठाकुर पक्ष ओली सरकारको पक्षमा


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफूहरु नयाँ सरकार गठनको दौडमा नलाग्ने बताएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफू पक्षीय सांसदहरुको बैठकपछि अध्यक्ष महन्थ ठाकुरले आफूहरु विगतदेखि तटस्थ बस्दै आएको र अहिलेको अवस्था पनि त्यही रहेको बताएका हुन् ।

आफुहरु प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको विरोधमा नरहेको उनले बताए । ठाकुरले संविधान संशोधन गर्नका लागि ५ सदस्यीय कार्यदल बनाईएको र जसपाको तर्फबाट लक्ष्मणला कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको पनि जानकारी गराए ।

वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुसँगको सहमतिका आधारमा सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको, मधेश आन्दोलनका सन्दर्भमा मुद्दा लागेका १२० जना नेता कार्यकर्तालाई मुद्दा फिर्ता गरिएको र दोस्रो चरणमा पनि बन्दीहरुलाई छुटाउने सम्बन्धमा प्रक्रिया अगाडी बढेको समेत बताए । आफ्नो माग सम्बोधनका लागि सरकारसँग वार्ता गरिरहेको र त्यसलाई अगाडी बढाउने पनि उनले बताए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *