USAID

महाभियोगसहितका सबै विकल्पमा अन्य दलसँग छलफल गर्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गर्दै भावी कदमबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीको बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गर्दै अन्य दलसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

महतले अहिले आवश्यकता ओली प्रवृत्तिलाई रोक्ने भएकाले महाभियोगसहितका सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

संविधानको ७६ (३) अनुसार चयन भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्था नभए राजीनामा दिनुपर्ने र त्यसपछि मात्रै अर्को सरकार बनाउने प्रक्रिया अघि बढाइनु पर्ने कांग्रेसको भनाइ छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *