USAID

युरोकपको लागि पोर्चुगिज टिमको घोषणा

  • 408
    Shares

प्रज्जवल थापा । अर्को महिना शुरु हुने यु्रोकपको लागि साविक विजेता पोर्चुगलले आफ्नो टोलीको घोषणा गरेको छ । शुक्रबार प्रशिक्षक फर्नान्डो सान्तोषले सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

साविक विजेता पोर्चुगल समूह ‘एफ’ मा रहेको छ । पोर्चुगलको समुहमा हङ्गेरी, जर्मनी र फ्रान्स रहेका छन् । पोर्चुगलले जुन १५ मा हङ्गेरीसँग खेल्दै उपाधि रक्षाको शुरुवात गर्नेछ । जुन १९ मा पोर्चुगलले जर्मनीको सामना गर्नेछ भने जुन २३ मा फ्रान्ससँग भिड्नेछ ।

युरोकप अगाडि पोर्चुगलले दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल कार्यक्रम रहेको छ । पोर्चुगलले जुन ४ मा स्पेन र जुन ९ मा इज्रायलसँग खेल्नेछ ।

पोर्चुगलको टिम:-

गोलकिपर:- एन्थोनी लोपेस(लियोन), रुई पाट्रिसियो(वोल्भ्स), रुई सिल्भा(ग्रानाडा)

डिफेन्डर:- जोए कान्सेलो(म्यान्चेस्टर सिटी), नेल्सन सेमेडो(वोल्भ्स), जोसे फोन्टे(लोले), पेपे(एफसी पोर्टो) रुबेन डियास(म्यान्चेस्टर सिटी), नुनो मेन्डेस(स्पोर्टिङ सिपी), राफायल गुएरेरो(बोरुसिया डर्टमण्ड)

मिडफिल्डर:- डानिलो पेरेरा(पिएसजी), जोए पाल्हिन्हा(स्पोर्टिङ सिपी), रुबिन नेभेस(वोल्भ्स), ब्रुनो फर्नान्डेज(म्यान्चेस्टर युनाइटेड), जोए मोटिन्हो(वोल्भ्स), रेनाटो सान्चेज(लिले), सेर्जियो ओलिभेरा(एफसी पोर्टो), विलियम कार्भाल्हो(रियल बेटिस)

फर्वार्ड:- पेड्रो गोन्काल्भेस(स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा(फ्रान्कफुर्ट), बर्नाडो सिल्भा(म्यान्चेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो(युभेन्टस), डिएगो जोटा(लिभरपुल), गोन्सालो गुडेस(भ्यालेन्सिया), जोए फिलिक्स(एथ्लेटिको म्याड्रिड), राफा सिल्भा(बेन्फिका)


  • 408
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *