USAID

वैकल्पिक सरकार गठनको रणनीति बनाउन दलहरु आन्तरिक छलफलमा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम वैकल्पिक सरकार गठनका लागि दलहरुलाई आज साँझ पाँच बजेसम्मको समय दिएपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

वैकल्पिक सरकार गठनका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी बैठकमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरु सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । जसपाको संसदीय दलको बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले वैकल्पिक सरकार गठनका लागि निकास दिने बताएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्र पनि आन्तरिक छलफलमा जुटेको छ । आन्तरिक छलफलपछि दलहरु अपसी छलफलमा जुट्ने बताइएको छ । त्यस्तै पछिल्लो राजनीतिक परिस्थितिबारे नेकपा एमालेको माधव नेपाल पनि आन्तरिक परामर्शमा जुटेको छ । दलहरुले वैकल्पिक सरकार गठनका लागि विकल्प दिन नसके संसद विघटन भई देश नयाँ चुनावमा जानेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *