USAID

संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी होः भीम रावल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरूद्ध भएको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत रावलले नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय भएकाले यसलाई कुर्सीको खेलसँग कदापि जोड्न नहुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो । यसलाई छल्न मिल्दैन । नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न । नगरिकताबारे संविधानसभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ ।’

यसैबीच संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई बाइपास गरेर मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी अध्यादेश स्वीकृत गरेको हो ।

त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । संसद् सञ्चालन हुँदा यो विषय टुंगोमा पुगेको थिएन । एमाले र नेकपा माओवादी केन्द्रले विधेयकका केही प्रावधानमा असहमति जनाएकै कारण यो विषय प्रतिनिधिसभाबाट पारित भएको थिएन । तर, अहिले केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेका बेला सरकारले आफूअनुकूल अध्यादेश ल्याएको हो ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *