वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न २४ घण्टा पनि नदिनु संविधान फाल्ने षड्यन्त्रः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।

बिहीबार राति सामाजिक संजालमार्फत वरिष्ठ नेता पौडेलले सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएपनि २४ घण्टाको पनि समय नदिनु संविधान फाल्ने षड्यन्त्र भएको बताएका हुन् ।

पौडेलले भनेका छन्, ‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन । यो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपील गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *