USAID

जेठ ९ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं । सरकारले जेठ ९ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ ९ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (५) को प्रावधान अनुसार सरकार गठनको प्रक्रियामा अघि बढ्ने निर्णय पनि गरेको छ । गतसाता मात्रै संविधानको धारा ७६ (३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

अब विश्वासको मत नलिने र संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने दिशामा अघि बढ्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ । अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर, आधार पेस नभएमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र केपी ओलीकै नेतृत्वमा चुनाव घोषणा हुनेछ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *