USAID

बादललाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी


काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको मतदानमा निवर्तमान गृहमन्त्री रामबहादुर थापालाई हराउँदै देवकोटा विजयी भएका हुन् । मतभार अनुसार थापाले ४०१४ मत प्राप्त गरेका छन् देवकोटा ५०८८ मत प्राप्त गरी विजयी भएका हुन् । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा थापाले १०३ मत मात्रै पाए ।

नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले भने दुई मत मात्र पाएका छन् । देवकोटाले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । थापाले पाएको मतभार १८५४ हुन्छ । यस्तै, प्रदेशसभामा थापाले ४५ मत पाउँदा देवकोटाले ५८ तथा तामाङले २ मत पाएका थिए । थापाले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने देवकोटाले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *