राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कँडेल पुनः नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल पुनः नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु कृष्णप्रसाद ओली, उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनः नियुक्तिपश्चात कँडेलले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा ११ वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *