एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन वेलायतसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायतसँग कोभिडविरुद्धको खोप सहयोग मागेका छन् । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा वेलायती राजदूत निकोला पोलिटसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थापाले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *