कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र, तत्काल खोपको सुनिश्चितता गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँगै उपसभापति विमलेन्द्र निधि, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेता कृष्ण सिटौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चितता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ । अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि कांग्रेसको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *