प्रिमियर लिगमा लिभरपुल विजयी

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नेलीमाथि ३-० गोलको सहज जित हात पारेको हो ।

टर्फ मोरमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्ट फिर्मिन्हो, नाथानिल फिलिप्स र एलेक्स अक्सलान्डे चाम्बेर्लिनले एक/एक गोल गरे । पहिलो हाफको ४३ औं मिनेटमा रोबर्टसनको पासमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा मानेको पासमा फिलिप्सले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ८८ औं मिनेटमा रोबर्टसनको पासाअ चाम्बेर्लिनले गोल गर्दै लिभरपुललाई ३-० गोलको सहज जित दिलाए ।

जितसँगै लिभरपुल ३७ खेलबाट ६६ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित बर्नेली ३७ खेलबाट ३९ अङ्कको साथ १७ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *