USAID

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाएका हुन् । बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरेको थियो । तर कार्यदलको एक पटक मात्र बैठक बसेको छ ।

मंगलबार कार्यदलको पहिलो बैठक बसेको थियो । बुधबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो । बैठकमा राष्ट्रिय सभाको उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *