USAID

कोरोना संक्रमणबाट पूर्वसांसद यादवको निधन


काठमाडौं । कोरोना संक्रमणबाट पूर्वसांसद योगनारायण यादवको निधन भएको छ । यादवको बिहीबार बिहान मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको हो ।

यादवलाई संक्रमण भएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो । उनी नेकपा एमालेको धनुषा इन्चार्ज थिए ।

यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुई सातअघि उनलाई संक्रमण पुष्टि भएको थियो ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *