एटलान्टालाई हराउँदै युभेन्टस कोपा इटालिया च्याम्पियन

प्रज्जवल थापा । युभेन्टसले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा युभेन्टसले एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै १४ औं पटक कोपा इटालिया च्याम्पियन भएको हो ।

मापेई रंगशालामा भएको खेलमा युभेन्टसलाई उपाधि दिलाउन डेजान कुलुसेभस्की र फेड्रिको चिएसाले एक/एक गोल गरे । एटलान्टाको लागि रुस्लान मालिनोभस्कीले एक गोल फर्काए । खेलको ३१ औं मिनेटमा मेकेन्नीको पासमा कुलुसेभस्कीले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा हाटेबोएरको पासमा मालिनोभस्कीले गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याए । ७३ औं मिनेटमा कुलुसेभस्कीको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई फेरि अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युभेन्टस २-१ गोलले विजयी भएको हो ।

जितसँगै युभेन्टसले १४ औं पटक कोपाको उपाधि जित्दा एटलान्टाको भने ६० वर्षपछि ठूलो उपाधि जित्ने सपना सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *