USAID

तयारी नपुगको भन्दै एमाले विवाद समाधान कार्यदलको बैठक स्थगित


काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगन गरिएको हो ।

कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिए । एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यही जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

मङ्गलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन आह्वान गरेको थियो ।

कार्यदलमा विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णुप्रसाद रिमाल, भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्णराज विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र पन्त छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *