माओवादीले कोभिड महामारी नियन्त्रणका विषयमा बिहीबार कार्यक्रम घोषणा गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड महामारीका विषयमा विज्ञ र चिकित्सकहरुसँग छलफल गरेको छ । बुधबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डले विज्ञ एवं चिकित्सकहरुसँग कोभिड महामारीका बारेमा छलफल गरेका हुन् ।

उक्त छलफलका क्रममा आएका सल्लाह एवं सुझावसहित पार्टीले बिहीबार बस्ने स्थायी समितिको वैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरु निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *