USAID

कोभिड–१९ केयर युनिट सञ्चालन गर्न सरकारद्वारा ३० वटा अस्पतालसँग सम्झौता


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिए ।

ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउने छन् । प्रदेश नम्बर १ मा एक, प्रदेश नम्बर २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा ६ अस्पताल छन् । ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *