संवैधानिक परिषद्सम्बन्धि अध्यादेशविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोक्ने आदेश गरेको छ । रिटमा अन्तरिम आदेश दिने/नदिने विषयमा सोही दिन छलफल हुने आदेशमा उल्लेख छ ।

हालैमात्र दोस्रोपटक अध्यादेश जारी गर्दै सरकारले विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। पटक–पटक गैरसंवैधानिक रुपमा जारी भएको अध्यादेशबाट नियुक्ति गरेको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए ।

संवैधानिक परिषद् सम्बन्धी विवादमा यो आठौं रिट हो। यसअघि सभामुख अग्नि सापकोटासहितका सात वटा निवेदन सर्वोच्चमा विचाराधीन छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *