USAID

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने चार दलको निर्णय


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दलले सर्वोच्चमा रिट दर्ता गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी चार दलीय गठबन्धनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिए । प्रदेश प्रमुख धर्मराज यादवले गत वैशाख १९ गते पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

उनको नियुक्ति संविधानको मर्म र भावना प्रतिकुल रहेको विपक्षी चार दलले दाबी गरेका छन् । प्रदेशसभामा बहुमत गुमाइसकेको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षी दलहरु प्रदेश प्रमुखसँग रुष्ट छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *