USAID

प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भू-राजनैतिक प्रभावका कारण पार्टी एकता सफल हुन सकेनः जनार्दन शर्मा


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण नेकपाको एकता सफल हुन नसकेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत शर्माले नेकपा एकता नरहे पनि फेरि अर्को एकताको पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

शर्माले लेखेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागी राजनैतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे । लाखौं जनताले अनुमोदन गरेको एकता,त्याग र बलिदान बाट प्राप्त उपलब्धि जनअधिकार, कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भुराजनैतिक प्रभावका कारण सफल हुन सकेन । फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तर उठाउने कुराको महत्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन ।’

२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा गत फागुन २३ गतेको सर्वाेच्च अदालतको फैसलासँगै साबिकको अवस्थामा फर्किएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *