मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर काठमाडौं आइपुग्यो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइडबडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौँ ल्याएको हो ।

अक्सिजन सिलिण्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो । यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइडबडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *