प्रधानमन्त्रीज्यू, ध्यान र सबै संयन्त्र महामारीसँग जुध्न लगाउनुस्, हामी तपाईंको साथमा उभिनेछौंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्पूर्ण ध्यान कोरोना महामारीविरुद्ध लगाउन आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले कोरोना महामारीविरुद्ध लड्न प्रार्थनाले मात्रै नहुने भन्दै सार्थक प्रयत्नमा लाग्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, फेरि एकपटक मौका पाउनुभएको छ । अब केही दिन तपाईँ अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, ऊर्जा, संयन्त्र सबै महामारीसँग जुध्न लगाउनुहोस् । हामी पनि अबको केही समय तपाईंसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न तपाईँको साथमा उभिनेछौँ ।’

केही दिन पार्टीभित्रको विवाद मिलाउन छाड्दै सभा, सम्मेलन, भेटघाट, उद्घाटन, शिलान्यास सबै रोक्न उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *