USAID

नेपालबाट कोरोना सर्नसक्ने भन्दै चीनद्वारा सगरमाथा आरोहणका सबै गतिविधि रद्द

  • 100
    Shares

काठमाडौँ । नेपालबाट कोरोना भाइरसको संक्रमण फैलिने जोखिम रहेको भन्दै चीनले सगरमाथा आरोहणको सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । ‘आयातित’ कोरोना भाइरसको संक्रमणको त्रासका कारण चीनबाट हुने सगरमाथा आरोहणका सबै गतिविधि रद्द गर्ने निर्णय गरिएको चीनको जनरल एड्मिनिस्ट्रेशन अफ स्पोर्टसले जनाएको हो ।

नेपालको नाम उल्लेख नगरी सूचनामा  ‘आयातित कोभिड-१९ को सम्भावित भयका बीच’ आरोहण गतिविधि रद्द गरिएकाे सिन्ह्वा समाचार समितिले जनाएको छ । सगरमाथाबाट चीनमा काेराेना भाइरस ‘आयात’ हुनेसक्ने नेपाल एक मात्र मुलुक हो ।

नेपाली मेहडाबाट आरोहण दलका कम्तिमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएको थियो । यद्यपि नेपाल सरकारले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ ।

चीनले सगरमाथाको शिखरमा नेपाल र चीन तर्फबाट आरोहण गर्नेहरुबीच सम्पर्क स्थापित नहोस् भन्नका लागि ‘सेपरेशन लाइन’ बनाउने तयारी गरेको थियो । तर नेपाल सरकारले घटना ढाकछोप गरेपछि विवाद गर्नुकाे सट्टा चीनले आरोहणको कार्यक्रम नै रद्द गरेको हो ।

नेपालतर्फबाट हुने आरोहणका लागि पर्यटन विभागले ४०८ जनालाई आरोहण अनुमति दिएको थियाे । तीमध्ये झण्डै १७० जनाले आरोहण गरिसकेका छन् भने स्वीस र अमेरिकी गरी दुई आरोहीको मृत्यु भएको छ ।

चीनले यो सिजनमा ३८ नागरिकलाई मात्र सगरमाथा आरोहणको अनुमति दिएको थियो । केही दिनदेखि सबै आरोहीहरु सगरमाथा आधार शिविर नजिकैको तिंग्री बजारमा पर्खेर बसेको भए पनि सरकारी निषेधाज्ञापछि उनीहरुलाई अगाडि नबढाइने हिमालयन एक्पिडिसनले जनाएको छ ।


  • 100
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *