चीनको जुरोङ रोभर मंगलग्रहमा सफल अवतरण

चीनको जुरोङ रोभर मंगल ग्रहमा अवतरण गरेको छ । यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ । ६ वटा पाङ्ग्रा भएको सो रोभर मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको जानकारी चिनियाँ अधिकारीहरूले दिएका छन् ।

मंगल ग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्नेछ ।

रोभरमा अन्य पाँचवटा उपकरण पनि जडान गरिएको र त्यसले मंगल ग्रहमा हिउँ भए/नभएको तथा त्यहाँका ढुंगाभित्र रहेका खनिज पदार्थ परीक्षण समेत गर्नेछ ।

चीनले दोस्रो प्रयासमा मंगलग्रहमा रोभर पुर्याउन सफल भएको हो । यसअघि सन् २०११ मा रूस र चीनले संयुक्त रूपमा गरेको यान प्रक्षेपण विफल भएको थियो ।

चीनअघि अमेरिकाले मात्रै मंगल ग्रहमा रोभर अवतरण गराउन सकेको छ । यतिखेर अमेरिका र युएईले पनि मंगलग्रहतर्फ रोभर पठाएका छन् । ती रोभर हाल अन्तरिक्षमै छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *