वैकल्पिक सरकार गठनकाबारेमा जसपाले बिहीबार निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी शीर्ष नेताबीच वैकल्पिक सरकार गठनका विषयमा छलफल भएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वभाविक भएको भन्दै भट्टराईले छलफल जारी भएकाले बिहीबारसम्म पार्टीको एकीकृत धारणा तय गरिने जानकारी दिए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकीकृत निर्णय गरिने उनले बताए ।

उनले भने, ‘हाम्रो पार्टीको दुई खेमा होइन । फरक फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको बैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । छलफल जारी राख्छौ र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ ।’

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई तीन दिनको समय दिएकी छन् । सो समय बिहीबार सकिँदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *