USAID

नेपालमा कोभिड महामारी नियन्त्रणका लागि चीनले छिट्टै स्वास्थ्य सामग्री आपूर्ति गर्ने

काठमाडौं । चीनले कोभिड महामारी नियन्त्रण लागि नेपाललाई आवश्यक स्वास्थ्य सामग्री छिट्टै आपूर्ति गर्ने घोषणा गरेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले महामारीविरुद्ध नेपाललाई सक्दो सबै सहयोग गर्ने बताएका हुन् ।

प्रवक्ता वाङले भने, ‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको र हामी त्यसलाई चाँडै आपूर्ति गर्न तयार छौं’। छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको बताए ।

हालै नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *