काठमाडौं । अक्सिजन अभाव भएको भन्दै काठमाडौँका चार वटा अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् ।
मेडिकेयर अस्पताल, नेपाल-भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी अक्सिजनको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसक्ने बताएका हुन् ।