काठमाडौं । नेपाली कांग्रेसले खोप खरिदमा पनि सरकार भ्रष्टाचारमा संलग्न हुनु अमानवीय, अनैतिक र गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी जनताको जीवन रक्षा गर्नुपर्ने सरकार स्वयं खोप भ्रष्टाचारमा संलग्न हुनुले सरकारको अनैतिक चरित्र उदांगो भएको बताएका हुन् । उनले नेपाली जनताको जीवन रक्षाका लागि देशभर आवश्यक अक्सिजन, आईसियू बेड,खोप लगायतका औषधिको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् ।