USAID

एक सातामै २ सय २३ को मृत्यु, प्रत्येक मिनेटमा दुई संक्रमित थप


काठमाडौँ । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।

देशभर मंगलबार १ हजार ७ सय ७५ जना मात्रै डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० संक्रमित निको भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा रहेको समाचार राजधानी दैनिकमा छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *